Khabar Samachar

Search
Close this search box.

भ्रष्टाचारमा दोषी ठहर कांग्रेस सांसद टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार जरिवाना

223
VIEWS

भ्रष्टाचारमा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई जरिवानामात्र गर्ने सजाय सुनाइएको छ । उनी मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

उनलाई एक करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ ८० पैसा जरिवाना र सो बराबरको बिगो भराउने सजाय भएको विशेष अदालतका प्रवक्ता नारदप्रसाद भट्टराईले जानकारी दिए ।

दुई साताअघि भृकुटीमन्डपस्थित फनपार्कको ठेक्कापट्टामा भएको भष्ट्रचारमा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए । विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । भट्टराईका अनुसार ७ जनालाई कैद र जरिवाना तथा दुईजनालाई जरिवानामात्र भएको छ ।

कैद सजाय नभएका रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको विषेश अदालतले जनाएको छ ।

नेकपा एमालेका नेतासमेत रहेका बद्री न्यौपानेलाई साढे ९ वर्ष जेल सजाय भएको छ । अख्तियारले १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित