Skip to main content

Khabar Samachar

Search
Close this search box.

मन्त्री किराँतीको प्रश्नः पशुपति सफा गर्न सकेनौं भने देश कहिले सफा गर्छौं?

209
VIEWS

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र सफा गर्न नसके देश सफा गर्न नसकिने बताएका छन् ।

शनिवारदेखि सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किरातीले यस्तो यस्तो बताएका हुन् ।

‘आस्थाको केन्द्र पशुपतिनाथ नै फोहोर राख्छौं भने यो देश कहिले सफा गर्छौं,’ उनले प्रश्न गरे, ‘त्यसैले प्रतिकात्मक रुपमा पशुपतिलाई हामीले सफा गरे यो देश सफा गर्नसक्छौँ ।’

उनले भौतिक मात्रै नभई आध्यात्मिक कुरा पनि फोहारो भएको बताउँदै मूल्य, मान्यता हराउँदै गइरहेको बताए ।

‘यहाँको समाजसँग जोडिएको विकृतिलाई सफा गर्नुपर्छ । हामीले मन्त्रालय अन्तर्गत निर्देशिका पठाएका छौँ,’ उनले अघि भने, ‘निर्देशिका अनुसार काम भएन भने त्यही अनुसार कारबाही गर्नेछौँ । यहाँ धेरै लापरबाही छ, क्षेत्र विकास कोषले पशुपति सफा गर्ने योजना चाहिन्छ ।’

ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकताका कारण सफलता नमिलेको भन्दै यस्तो मानसिकता भत्काउनु पर्नेमा जोड दिए ।

सोहीे अवसरमा मन्त्री किरातीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाइमा सरिक भएका थिए ।

अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित