Khabar Samachar

तेस्रो चरणको हाइड्रो एक्स्पो सम्पन्न, विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग

205
VIEWS

चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको उर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप उर्जा प्रदान गरेको आयोजक तथा सहभागीको विश्वास छ ।
एक्स्पोको समापन शत्रमा आयोजक मध्येको एक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले स्वदेशमा उत्पादित विद्युतको बिक्री बितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन माग गरेको छ । इपान अध्यक्ष कृष्णप्रसाद आचार्यले उर्जामन्त्री पम्फा भुसाललाई विद्युत खरिद बिक्री सम्झौता नरोक्न आग्रह गर्नु भयो । विद्युत खरिद बिक्रीको काम सरकार तथा विद्युत प्राधिकरणले गर्न नसक्ने भए निजी क्षेत्रलाई नै खरिद बिक्रीको काम गर्ने बाटो खुलाईदिन आचार्यले माग गर्नु भएको हो । “हामीले विद्युत व्यापार गर्ने इजाजत पाएको खण्डमा हामी आफै पिपिए गर्छौ । यसो भएको खण्डमा विद्युत प्राधिकरणको आधा भन्दा धेरै समस्या समाधान हुन्छ ।” आचार्यले भन्नु भयो ।
साथै उहाँले जलविद्युतका प्रवद्र्धक तथा उत्पादकहरुले काम गर्दा धेरै निकाय धाउनु पर्ने समस्या रहेकोतर्फ उर्जामन्त्री भुषालको ध्यानाकर्षण गराउनु भएको थियो । “अहिले कुनै पनि परियेजना सुरु गर्दा ७ मन्त्रालय २२ विभाग २ सय वट टेबलमा पुग्नु पर्छ,” उहाँले भन्नु भयो, “त्यो संगै स्थानीय स्तरमा समेत विभिन्न खालका उल्झनहरु छन । त्यसका लागि सरकारले जलविद्युत क्षेत्रलाई एक द्धार प्रणाली बनाउन आवश्यक छ ।”
सरकारले भनेका हरेक कुराहरु मान्न उर्जा व्यवसायीहरु तयार रहेको बताउँदै आचार्यले प्रतिफलको सुनिश्चिततामा जोड दिनु भयो ।
इपान र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा एक्स्पोमा विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनहरु प्रदर्शनीमा राखिएका थिए । जलविद्युतसँग सरोकार राख्ने तथा दैनिक प्रयोगका विद्यतीय सामग्री खरिद गर्नेहरुको एक्स्पोमा उत्साहजन सहभागिता रहेको थियो । साथै भर्चुअल माध्यमबाट एक्स्पोको अवलोकन गर्ने तथा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनेहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
रोबो कम्पिटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी एक्स्पोका थप आर्कषण रहेका थिए । त्यस्तै, एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको थियो ।
एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ज्ञान र सूचना प्राप्त हुने अपेक्षा लिइएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावरसम्बन्धी विषयगत ६ वटाभन्दा बढी प्राविधिक सेसन तथा अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो ।
विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका थिए ।
एक्स्पोको उदघाटनको दिन विद्युतको आन्तरिक बजारलाई प्रवद्र्धन गर्न र विद्युतीय सवारीसाधन सम्बन्धी सरकारको विशेष नीतिका लागि ध्यानाकर्षण गराउनका लागि विद्युतिय याली आयोजना गरिएको थियो ।
एक्सपोलाई एनएमबि बैंक लिमिटेडले मुख्य प्रायोजन गरेको थियो भने आईएफसी लगायतका संघ, संस्थाहरुले प्रायोजन गरेका थिए । एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहेका थिए ।
एक्स्पोमा जलविद्युत आयोजना निर्माता, जलविद्युतमा प्रयोग हुने उपकरणहरुका उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीहरु लगायत सय वटाभन्दा बढी स्टल रहेका थिए ।
एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक्स्पोको उदघाटन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित