नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय कप्तान सुनील क्षेत्रीको नेतृत्वमा भारतीय फुटबल टोली काठमाडौं आइपुगेको छ। भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोली काठमाडौं आइपुगेको हो ।भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा गरेका थिए ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । सोही प्रतियोगिताका लागि नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा रहेको थियो र भारतसँगको दुई मैत्रिपूर्ण खेलपछि नेपाल थप अभ्यासका लागि कतार जाने तालिका रहेको छ । नेपालले छिमेकी देश भारतसँग सन २०१८ को विश्वकप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल गोल रहित बराबरीमा सकिएको थियो ।सोमबार मैत्रीपूर्ण खेल खेल्न नेपाल आउँदा भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेलको पनि प्रशंसा गरे । त्रिभुवन विमानस्थलमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तरवार्तामा नेपाललाई कठिन प्रतिद्वन्द्वी भन्दै खेलले साफ च्याम्पियनसिपका लागि फाइदा पुग्ने बताए।    नेपालमा खेल्न पाउँदा निकै खुसी लाग्छ । मेरा हजूरबा, हजूरआमा यहीँबाट हुनुहुन्थ्यो । ममी पनि यहीबाट हुनुहुन्छ । अहिलेको महामारीको अवस्थामा सबैजना सुरक्षित हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु । अहिले हाम्रो अवस्था निकै कठिन छ । कोरोना महामारीका कारण हाम्रो लिग खत्तम भइसकेको छ । दुई क्लबले मात्र अभ्यास गरिरहेका छन् । साफ च्याम्पियनसिपका लागि दुई हप्तादेखि तयारी गरिरहेका छौं । तर त्यहाँ सिनियर खेलाडी कमै छन् । यस्तो अवस्थामा नेपालसँग हुने दुई मैत्रीपूर्ण खेल हाम्रो लागि निकै महत्वपूर्ण छन् । यी दुई खेलपछि हामी साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछौं । हाम्रा धेरै सिनियर खेलाडीले एएफसी कपमा खेलेका छन् । दुईवटा क्लबका ८ खेलाडी माल्दिभ्समा खेलिरहेका छन् । जसका कारण हामी समयमा नै अभ्यास शुरु गर्न सकेनौं । टोलीमा जुनियर खेलाडी समावेश भएका छन् । उनीहरुको प्रदर्शनबाट प्रशिक्षक सन्तुष्ट छन् । म पनि पछिमात्र टोलीमा आबद्ध भएको हुँ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । त्यसकै तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले छिमेकी देश भारतसँग सन् २०१८ को विश्वकप छनोट खेलमा प्रतिस्पर्धा गरेको थियो । सो खेल गोल रहित बराबरीमा सकिएको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरे ।

नेपाली टिम 

गोलकिपर : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डर : सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान

फरवार्ड  : मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

भारतीय टिम
गोलकिपर : अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु

डिफेन्डर : प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस

मिडफिल्डर : ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर

फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय