निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिदाई गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमसँगै भण्डारीलाई बिदाइ गरिएको हो ।राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन् ।निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर बिदाइ गरेका थिए ।कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post