Khabar Samachar

Search
Close this search box.

उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागू

204
VIEWS

शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् ।

चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । जसपाकै प्रमिला कुमारी यादवले भने आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् ।उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित