Khabar Samachar

चर्च ब्वाइज युनाइटेड ए डिभिजनमा बढुवा

206
VIEWS

बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा भएको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजलाई जिताउन साइमन लिम्बू एक्लैले चार गोल गरे । उनले खेलको ७, ३७, ४१ र ८१ औं मिनेटमा गोल गरे । ८१ औं मिनेटको उनको गोल भने पेनाल्टीमा भएको थियो । यस्तै आशिष चौधरीेले १ गोल १७ औं मिनेटमा गरेका थिए ।

बाँसबारी सन्जीव धिमालले ५८औं मिनेटमा गोल गरे ।

१२ खेलमा २६ अंक जोडेको चर्च ब्वाइज बी डिभिजन लिगमा १ खेल बाँकी छँदै शीर्ष डिभिजनमा बढुवा भएको हो ।

पोहोर चैतमा भएको सी डिभिजन लिगको विजेता बन्दै चर्च ब्वाइज बी डिभिजनमा बढुवा भएको थियो । त्यसको एक वर्षमा नै चर्च ब्वाइज फेरि बढुवा भएर ए डिभिजनमा उक्लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित