Khabar Samachar

महानगरले फोहोर मैला गरेको भन्दै दुई जनालाई तिरायो १२ हजार

202
VIEWS

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरले चैत ९ गते कालीमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानो कान्छा भारतीलाई फोहोर गरेको भन्दै जरिवाना तिराएको हो । काठमाडौँ महानगरपालिकाले सानो कान्छा भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहोर मैला सडकमा फालेको भन्दै १० हजार जरिवाना तिराएको महानगरले जनाएको छ। महानगरले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ । पैदल यात्री हिँड्ने सडक पेटीमा  निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री हटाउने काम पनि गरिरहेको छ ।

भारतीले महानगरपालिकाको ९ नम्बर वटामा फुटपाथमा घर निर्माण गर्दा उत्पादित फोहोर राखेका थिए । सोही कारणले उनलाई महानगरले जरिवाना गरेको हो ।

त्यस्तै, मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेका कारण उनलाई २ हजार रुपैयाँ जरिवाना गराइएको महानगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित