Khabar Samachar

उदयपुरमा विद्यालय हिँडेकी बालिकाको बाटोमा हत्या

206
VIEWS

 कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको मंगलबार बिहान यसोदा खोला किनारमा हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए ।

प्रहरीका अनुसार बिहान ५ बजे घरबाट ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविता यसोदा खोला किनारमा मृत फेला परेकी थिइन्। उनले स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

१० कक्षामा अध्ययनरत् सुनुवारको आज बिहान अतिरिक्त कक्षा (कोचिङ) पढ्न घरबाट विद्यालय जाने क्रममा सोही नगरपालिकाको यसोदा खोलामा हत्या भएको बेलका नरपालिकाका १ का वडाध्यक्ष दिनेश्वर चौधरीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजायँ दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित