Khabar Samachar

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री नल्याउन कोषको आग्रह

213
VIEWS

पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा नल्याउन आग्रह गरेको छ । पाशुपत क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो । ‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नाराका साथ कोषले पशुपति क्षेत्रको समग्र परिसर सरसफाइका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अगुवाइमा पशुपति क्षेत्रको सरसफाइ सुरु गरेको छ । कोषले एक सूचना जारी गर्दै ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियानमा साथ दिनका लागि पशुपति क्षेत्रमा प्लास्टिक निषेध गरिएको जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित