Skip to main content

Khabar Samachar

Search
Close this search box.

रौतहटमा मेयरको ठाउँमा एसईई परीक्षा दिइरहेका ज्वाइँ पक्राउ

203
VIEWS

रौतहटमा एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमललाई नियन्त्रणमा लिइएको हो । उनी गरुडा नगरपालिका-६ का हुन् ।

मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ रहेको छ । गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रसहित पक्राउ परेका साह अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

पक्राउ परेका नक्कली परीक्षार्थी साह मेयर कानुको नातामा ज्वाइँ पर्ने बुझिएको छ । उनी इन्जिनिरसमेत हुन् ।

रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले पक्राउ परेका नक्कली परीक्षार्थी साहमाथि परीक्षा नियमावली अनुसार कारबाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित