Khabar Samachar

नवलपुरमा पल शाहको बयान सकियो, भोलि थुनछेक बहस

207
VIEWS

थुनछेक बहसका लागि नवलपुरमा लगिएको अभिनेता पल शाहको बयान सकिएको छ।

तनहुँ  हिरासतबाट मंगलबार नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको हो। पलको करिब छ घन्टा बयान लिइएको हो।

आज बयान सकिएसँगै बुधबार थुनछेक बहस हुनेछ। सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्नेछन्। आज अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने क्षेत्रीले जानकारी दिए।

बयान लिएर शाहलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा नै राखिएको छ।

नाबालिग बलात्कार गरेको अभियोगमा नवलपुरमा चैत ३ गते उनीविरूद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको थियो।

चैत १० गते  जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि शाह थुनामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित