कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित ९ जनालाई पक्राउ गरेको छ। हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने गिरोह लाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको व्यूरोका अधिकारीहरुले बताएका छन् ।

प्रहरीले म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र बीरबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।

हाते कागजका डायरीहरुमा सो चरेश बरामद गरेर कतारलगायतका मुलुकहरुमा सो गिरोहले पठाउने गरेको पाइएको पनि व्यूरोले जनाएको छ । यस अघि उनीहरुले यसरीनै अचारको भाडोमा समेत चरेश राखेर भारत हुँदै हङकङ, थाईल्याण्ड, टर्की लगायतका देशहरुमा पनि लागू औषधहरु ओसार पसार गर्दै आएको पनि अनुसन्धानमा पाइएको एसएसपी थापाले बताए ।

पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय