Khabar Samachar

रौतहटमा भीषण आगलागी, २१ बढी घर जलेर नष्ट

205
VIEWS

रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी हुँदा २१ भन्दा बढी घर जलेर नष्ट भएको छ ।

माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो ।दिउँसो करिब साढे २ बजेदेखि माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुर टोलमा स्थानीय जिउत मुखियाको घरबाट आगलागी सुरु भएको थियो ।

उक्त आगलागीमा २ वटा बाख्रा र एउटा खसी जली मृत्यु भएको छ भने एक जना बालिकालाई आगोको रापले हातमा पोली सामान्य घाइते भएकी छिन् । आगलागीमा परेर अन्न, लत्ताकपडा, नगद तथा गरगहना जलेर नष्ट भएको  छ।आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि ढिला गरी दमकल आइपुगेको भण्डारीको गुनासो छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो निभाउने कार्य भएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित