Khabar Samachar

नुवाकोट कांग्रेसका पूर्वउपसभापति यमबहादुर थापा एमालेमा प्रवेश

209
VIEWS

नेपाली कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर उनी बिहीबार बिहान एमाले प्रवेश गरे हुन् । उनीसहित कांग्रेसका अर्का नेता भगवान पौडेल पनि एमालेमा प्रवेश गरेको मैनालीले बताए ।

कांग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको अन्तरमा पराजित भएका थापा साविक भद्रुटार गाविसका निर्वाचित गाविस अध्यक्षसमेत हुन् । नुवाकोटमा २०५४ मा अधिकांश स्थानमा एमाले र राप्रपाले जित्दा उनी कांग्रेसबाट विजयी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित