Skip to main content

Khabar Samachar

Search
Close this search box.

नुवाकोट कांग्रेसका पूर्वउपसभापति यमबहादुर थापा एमालेमा प्रवेश

211
VIEWS

नेपाली कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर उनी बिहीबार बिहान एमाले प्रवेश गरे हुन् । उनीसहित कांग्रेसका अर्का नेता भगवान पौडेल पनि एमालेमा प्रवेश गरेको मैनालीले बताए ।

कांग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको अन्तरमा पराजित भएका थापा साविक भद्रुटार गाविसका निर्वाचित गाविस अध्यक्षसमेत हुन् । नुवाकोटमा २०५४ मा अधिकांश स्थानमा एमाले र राप्रपाले जित्दा उनी कांग्रेसबाट विजयी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित