चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने ईपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ ले उद्घाटन खेल खेल्ने छन्। उक्त खेल अपराह्न सवा १२ बजे सुरु हुनेछ।

ललितपुर कुशल भुर्तेल र काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ। दुबै टीममा चर्चित विदेशी खेलाडीको उपस्थिति रहनेछ।

काठमाडौँको टिममा सुवास खकुरेल, राजु रिजाल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी जस्ता खेलाडी छन् । ओमान भ्रमण दौरान राष्ट्रिय टिमका लागि डेब्यु गरेका गुल्शन झा पनि काठमाडौँकै टिम सदस्य हुन् । यसैगरी, जिम्बावेका रायन बु्रल, अफगानिस्तानका रहमनुल्लाह गुर्बाज र सिंगापुरका जन प्रकाशले पनि काठमाडौँलाई साथ दिने छन् । काठमाडौं किङ्स -११ मा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज लगायकका खेलाडी रहेका छन् भने ललितपुरमा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई लगायतका खेलाडी रहेका छन्।

ललितपुर प्याट्रिओट्स टिममा सन्दिप जोरा, शंकर राना, पवन शरार्फ, ललित राजवंशीलगायतका युवा खेलाडी छन् । ललितपुरलाई केही विदेशी खेलाडीको साथ रहनेछ । श्रीलंकाका आसादा फर्नान्डो र सान्दुन विराकोड्डीबाहेक अफगानिस्तानका आजमातुल्लाह आमोरजाई, भुटानका रानजुङ मिक्यो दोर्जी ललितपुरे टोलीमा छन् ।

ललितपुर प्याट्रिओट्स :  अजमातुत्लाह ओमार्जाइ (अफगानिस्तान), ओसाडा फर्नान्डो (श्रीलंका), सान्दुन वीराकोडी (श्रीलंका), मिक्यो दोर्जी (भुटान)  कप्तान – कुशल भुर्तेल

तमिम एकबाल हाल बंगलादेशका एकदिवसीय टिमका कप्तान हुन्।

यसअघि तीन पटक आपसमा प्रतिस्पर्धा गरेका ललितपुर र काठमाडौँमध्ये हेड टु हेडमा डिफेन्डिङ च्याम्पियन नै बलियो देखिएको छ । उसले तीनै खेलमा काठमाडौँलाई हराएको थियो । यसकारण, ललितपुर छिमेकी सहरको टिममाथि विजय हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुनेछ । यस खेलको विजेताले फाइनल स्थान बनाउनेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय