Khabar Samachar

कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा थप उपचार सुरु

207
VIEWS

काठमाडौँ, १९ बैशाख । आगलागीमा परी घाइते हुनुभएका नेपाली काँग्रेस युवा नेता तथा सांसद डा. चन्द्र भण्डारीको थप उपचार आजदेखि काठमाडौमै सुरु गरिएको छ । काठमाडौको पुरानो वानेश्वरमा रहेको फ्रन्टलाईन अस्पतालमा उहाँलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिए । गत फागुन ४ गते राती घटना हुनासाथ प्रारम्भीक उपचार गराइएको किर्तीपुर वर्न अस्पतालका प्रमुख तथा बरिष्ठ चिकित्सक डा. शंकर मानराईसँग परामर्श गरी फ्रन्टलाईनमा भर्ना गरिएको हो । अस्पतालले उहाँका लागि आवश्यक सबै सेवा ,सुविधा निःशुल्क प्रदान गर्ने बताएको उहाँका स्वकिय सचिव वोधराज कँडेलले जानकारी दिए । उहाँको उपचारमा बरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डे र उहाँका टीमहरु संलग्न भएका छन् । अस्पतालमा अहिले फिजियो थेरामी, ड्रेसिङ लगायतका उपचार गराईने डा .पाण्डेले जानकारी दिए । उहाँलाई यसअघि भारतको मुम्बईमा रहेको नेशनल बर्नस सेन्टरमा उपचार गराइएको थियो । भारतबाट गत आइतबार स्वदेश फर्किनु भएका भण्डारीको शरिरका अधिकांश भागमा जलेको घाउ रहेको छ । शरिरमा संक्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकहरुले भेटघाटमा अझै पनि प्रतिवन्ध लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित