माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ ।  नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय  फुटबल टिम घोषणा गरेका छन्। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि माल्दिभ्समा हुँदैछ। साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली टोलीः किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, आयुष घलान, रोहित चन्द, सुरज जेउ ठकरी, नितिन थापा, विशाल राई, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, मनिस डाँगी, कमल थापा, अन्जन विष्ट, सुनिल बल, आशिष लामा, सुमन लामा, सन्तोष तामाङ, नवयुग श्रेष्ठ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय