Khabar Samachar

रास्वपाले समर्थन फिर्ता लिँदैमा सरकार ढल्दैनः कृष्णबहादुर महरा

202
VIEWS

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष महराले रास्वपाले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने बताए। उनले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नहुने भन्ने आएपछि सरकार के हुन्छ त? भन्ने जिज्ञासा हुन सक्दछ। यस विषयमा सामान्यतः सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ। तर सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभए पनि पर्याप्त बहुमत छ। बहुमतको अभाव छैन। त्यसकारणले सरकार टिक्छ। सरकार यथावत रहन्छ।’

उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरु प्रयासरत रहेको समेत बताए। त्यसका लागि नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित