गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१- २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

विदेशमा बस्ने नेपालीहरुको हकहित र दोहोरो नागरिकको विषयमा काम गर्ने उनको बताइन् । साथै, आफू अध्यक्ष भए विश्व बैंक र अमेरिकास्थित सांसदहरुसँग मिलेर काम गर्न सक्ने उनको भनाई छ । उनले गैरआवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी अजेण्डा बनाएको बताइन्। ‘एनआरएनएमा रहेको अर्को महत्त्वपूर्ण अजेण्डा भनेको नागरिकता हो,’ उनले भनिन्, ‘अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको अजेण्डालाई प्रमुखताका साथ उठाएको छु।’

यसैगरी उनले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताइन्। सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय