Skip to main content

Khabar Samachar

Search
Close this search box.

कांग्रेसलाई गाली गर्ने होइन, मदनको हत्यारा पत्ता लगाउनुस् – शेरबहादुर देउवा

204
VIEWS

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई जति गाली गरे पनि एमालेले पटक पटक सरकारको नेतृत्व गर्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको बताएका छन् ।

सोमबार ललितपुरको गोदावरीथित सनराइज हलमा नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वमाथि प्रश्नसमेत गरे।

कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ थियो। उनले मदन भण्डारी आफूहरुको पनि नेता भएको उल्लेख गर्दै उनको हत्यारा पत्ता लगाउने काम किन गरिएन भन्ने मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी विद्या भण्डारीलाई पनि प्रश्न गरे।

दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको उल्लेख गर्दै सभापति देउवाले त्यसमा कांग्रेसले कुनै व्यवधान खडा नगरेको पनि बताए। उनले कांग्रेसलाई गाली गर्नेहरुले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित