Khabar Samachar

देउवाले देशलाई नौ महिनामै कंगाल बनाए : केपी शर्मा ओली

205
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउनै जन्मेको बताएका छन् ।  शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्ड र माधव कम्युनिस्ट आन्दोलन ध्वस्त पार्नै जन्मिएको बताएका हुन् ।

‘देउवा नेतृत्वको सरकारले नौ महिनामै देशलाई कंगाल बनायो,’ उनले भने, ‘नेपाल उर्वर देश हो। यहाँका जनता मिहिनेती छन्। तर गठबन्धन सरकारले अर्थतन्त्र धरासायी बनायो।’

उनले अर्थतन्त्र धरासायी भयो भनेर गभर्नर महाप्रसाद अधिकारीले सही सुझाव दिँदा निलम्बन गर्नु दु:खद भएको बताएका छन्।

 

शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा जारी आर्थिक संकटतर्फ लक्षित गर्दै यस्तो भनेका हुन्।

नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सहि सुझाव दिँदा गभर्नरको निलम्बन गरी सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको आरोप समेत लगाए । आफु सर्वनाश गर्ने, कमिसनखोरी चलाउने तर गभर्नरलाई निलम्बन गर्ने गरेको भन्दै ओलीले सरकारको चर्को विरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित