प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने बताएका हून ।

प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।

यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए।

प्रधानमन्त्री देउवाले संसदमा देखिएको गतिरोध अन्त्य र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई सर्वदलीय बैठकमा बोलाएका थिए।

आफूहरूले कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको र पार्टी विभाजन गर्न सभामुख सापकोटाले भूमिका खेलेको आरोप एमालेले लगाइरहेको छ।

सभामुखले आफूहरुले कारवाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने या मार्गप्रशस्त गर्नुपर्ने भन्दै त्यो बाहेकका ऐजेन्डामा कुनै छलफल नहुने एमालेको अडान छ। यही विषयमा एमालेले संसदमा अवरोध जारी राखे पनि सभामुखले भने सदनका कारवाही अगाडि बढाइरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय