Khabar Samachar

माछापुच्छ्रे बैंकको खाताबाट सेवाग्राहीको नौ लाख गायब

204
VIEWS

रौतहटको चन्द्रपुरमा रहेको माछापुच्छ्रे बैंकमा खाता रहेको एक जना सेवाग्राहीको नौ लाख रुपैया गायब भएको छ। रौतहटको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट रहस्यमय तरिकाले नौ लाख रुपैया गायब भएको देखिएको छ।

खातामा रहेको १२ लाख २० हजार रुपैयामध्येबाट नौ लाख रुपैया गायब भएको यादवले बताएका छन्। शुक्रबार दिउँसो यादवले माछापुच्छ्रे बैंकको खाता नम्बर ७५००६५३८२८०००१४ मा १२ लाख २० हजारको चेक क्लिरियन्समा दिएका थियो जुन पैसा जम्मा भएको म्यासेज यादवको मोबाइलमा पनि आएको थियो। पैसाको काम पर्दा यादव आइतवार आठ लाखको चेक लिएर साट्न जाँदा खाताबाट नौ लाख रुपैया झिकिएको जानकारी दिएपछि यादव मुर्छित भएका थिए।

अचानक आफ्नो खाताबाट नौ लाख रुपैया गायब भएको खबर बैंकले सुनाएपछि बेहोस भएका यादव एक छिनपछि शाखा प्रमुख रामजी दासलाई भेटेर आफ्नो रकम गायब भएको बारे जानकारी माग्दा ह्याकरले पैसा लगेको जवाफ दिएको र आफूहरुले केही पनि गर्न नसक्ने पनि बताउँदै जिम्मेवारीबाट पन्छिएका थिए।

शाखा प्रबन्धक दासले आफ्नो खाताबाट कसरी रकम गायब भयो आफैँले खोजी गर्नू भनेर गैरजवाफदेवी जवाफ दिएपछि यादवले आफ्नो खाताको बैंक स्टेटमेन्ट माग गरेका थिए। शाखा प्रबन्धक दासले यादवलाई बैंक स्टेटमेन्ट पनि दिन नमानेपछि कर्मचारीकै मिलोमतोमा आफ्नो खाताबाट नौ लाख रुपैया गायब भएको अनुमान लगाएका थिए।

यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको देखिएको छ। यादवको खाताबाट निकालेको रकम सिटिजन बैंक र सानिमा बैकमा ट्रान्सफर देखिएको शाखा प्रबन्धक दासले जानकारी गराएका छन्।

बैंकबाट नौ लाख रुपैया गायब भएपछि यादवका आफन्त र निकटस्थहरुले बैंकमा होहल्ला गरेपछि प्रहरीलाई खबर गरिएको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपि एकनारायण कोइरालाले यादवको खाताबाट रकम गायब भएको विषय जानकारीमा आएको र प्रहरीले आफ्नै किसिमले अनुसन्धानको थालनी गरिसकेको जनाएका छन्। नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित