Skip to main content

Khabar Samachar

Search
Close this search box.

श्रीच्छा प्रधानले जितिन् मिस नेपाल वर्ल्ड २०२३ को उपाधि

217
VIEWS

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् ।

मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि जितिन् । प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि हासिल गरिन् । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित