Khabar Samachar

गणतन्त्र दिवस समारोहमा बालेन अनुपस्थित

205
VIEWS

गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर अनुपस्थित भएका छन् ।

सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवश समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सहभागी भएनन् ।

गणतन्त्र दिवशको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर पनि रहन्छन् । मेयर बालेनका स्वकीय सचिवालयका अनुसार बालेन पारिवारिक कामले औपचारिक समारोहमा सहभागी नभएका हुन् ।

‘मेयरसाबको म्याडम गर्भवती हुनुहुन्छ, अस्पतालमै राख्न परेपछि मेयर उता ब्यस्त भएकोले कार्यक्रममा जानु नभएको होला’, सचिवालयका एक सदस्यले भने ।

महानगरका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाको प्रमुख र उपप्रमुख हरेक गणतन्त्र दिवसमा सहभागी हुँदै आएको बताए । ‘म वडाध्यक्ष निर्वाचित भएको ६ वर्ष भयो, अहिलेसम्म सबै पटक सहभागी भएको थाहा छ, अब यो पटक किन सहभागी भएनन् मलाई नै थाहा छैन,’ प्रवक्ता मानन्धरले भने ।

उनले अघिल्ला वर्षहरुमा महानगरले नै मञ्च व्यवस्थापनको काम गर्दै आएपनि यो पटक त्यसबारेमा जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित