Khabar Samachar

सिंहदरबार गेटमा सरकारी कर्मचारीमाथि सतर्कता केन्द्रको अनुगमन

205
VIEWS

सिंहदरबार गेटमा सरकारी कर्मचारीमाथि सतर्कता केन्द्रले अनुगमन गरेको छ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरू बिहान हाजिर गर्ने र दिनभरि हराउन थालेपछि सिंहदरबारका सबै गेटमा अनुगमन गर्न थालिएको छ । कार्यालय समयमा कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिने तर बिहान बेलुकै हाजिरको रेकर्ड देखिएपछि अनुगमन गर्न थालिएको हो । राष्ट्रिय सतर्कता केन्द्रको निर्देशनमा अनुगमन गर्न थालिएको बताइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए ।

सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ ।

कर्मचारीहरु कार्यालय समय सुरु हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले आज बिहान १० बजेदेखि छड्के अनुगमन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित