Khabar Samachar

Search
Close this search box.

राजेन्द्र पाण्डेको चुनौती- भोट हाले एक्लै हाल्नुस्, हामी हाल्दैनौं

201
VIEWS

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने भन्दै अध्यक्ष माधव नेपाललाई एक्लै पक्षमा उभिन चुनौती दिएका छन्।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने स्पष्ट पारे।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै उनले अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने दोहोर्‍याए।

‘यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु,’ उनले भने।

उनले सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको भने।

‘हामी सबै सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्यौैं। बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले ५ वर्षको लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ तर मन्त्रीहरूसबैले आफूलाई अस्थायी ठान्यौं। हामीले जस मात्रै खोज्यौं। राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन,’ उनले भने।

सरकारले बजेटमा उत्तरदक्षिण जोड्ने केही आयोजना, राष्ट्रिय गौरवका आयोजना लगायत केही परियोजनामा पैसा हाल्ने भनेको भए दुई दिन छलफल हुन सक्ने बताए।

केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गरे।

उनले केही दिनअघि पार्टी अध्यक्ष माधव नेपालप्रति पनि असन्तुष्टि पोखेका थिए। उनले सत्ता गठबन्धनले जे भन्यो त्यही लुरूलुरू मान्दा पार्टी नचल्ने र आफ्ना दृष्टिकोण प्रष्ट राख्नुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित