Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौँ महानगरका ४६५ निजी स्कुलले दिए १३ हजार विद्यार्थीलाई छात्रवृत्ति

218
VIEWS

काठमाडौँ महानगरपालिका भित्रका ४६५ निजी विद्यालयले छात्रवृत्तिको विवरण पेश गरेका छन् । महानगरभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले १३ हजारभन्दा बढी विद्यार्थीलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गरेका हुन् ।

महानगरको इतिहासमा पहिलो पटक यसरी विद्यालयहरूले प्रदान गरेको छात्रवृत्तिको विवरण पेश गरेका हुन् ।

पेश गरिएको विवरणमाथि महानगरपालिकाले आवश्यक निरीक्षण तथा अनुगमन गरेर सूची प्रकाशित गर्नेछ ।

हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ । उनीहरूलाई उक्त जरिवानापछि थप एक पटक विवरण बुझाउने मौका दिइएको मेयर बालेन शाहले जनाए । त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनको भनाई छ ।

विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थीले छात्रवृत्ति पाएको उनको भनाई छ । कानुन निर्माणको महत्त्व कार्यान्वयनबाट मात्र पुष्टि हुने भन्दै त्यसका लागि कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित