नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा झडप भएको छ।

पत्रकार सम्मेलनबाट नयाँ नेतृत्व घोषणा गर्ने भनेर मिडियालाई साढे ३ बजे कार्की बैंक्वेटमा बोलाएकोमा साँझ सात बजेसम्म हलभित्र विवाद,नाराबाजी र तोडफोड जारी रहेपछि नेताहरुलाई विवाद मिलाउन समस्या परेको छ ।

सम्मेलनबाट नेतृत्व घोषणा गर्ने बेला असन्तुष्ट समूहका विद्यार्थीले नाराबाजी गरेका थिए। हो–हल्लाकै बीच चयन भएका पदाधिकारीको नाम घोषणा गर्न थालिएपछि विद्यार्थीहरुले तोडफोड गर्दै कुर्सी प्रहार गरेका हुन्।

पार्टी नेतृत्वले हस्तक्षेप गरी अध्यक्षसहितका पदाधिकारी तोक्ने भए केन्द्रीय समिति नै पार्टी नेतृत्वले तोक्नुपर्ने पनि असन्तुष्ट समूहका विद्यार्थीहरुको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय