आज पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने तयारी गरिएको छ । छानबिनका क्रममा आयोगसहितको टोलीले आइतबार पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरी नापजाँच गरेको थियो।
आयोग उच्च स्रोतका अनुसार बुधबार बिहान ८ बजे जलहरी राख्ने तयारी छ । पशुपतिनाथ मन्दिरका मूल भट्टमार्फत जलहरी राख्न भारतबाट कालिगड र लाह बोकेर टोली आज नेपाल आइसकेको छ ।
पशुपति विकास कोषका एक अधिकृतका अनुसार जलहरीको नापजाँच मुचुल्का उठाइसकेकाले मन्दिरमा लगाइराखेको जलहरी पुनः राख्ने तयारी भएको हो । यसका लागि आयोगले समेत स्वीकृति दिइसकेको छ।
Discussion about this post