Khabar Samachar

सहकारीलाई ३० दिनभित्र विवरण पेश गर्न महानगरको निर्देशन

216
VIEWS

काठमाडौं महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरूको साधारण सभाको जानकारी, लेखा परीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् ।

पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमितताको खबर सार्वजनिक भइरहेको बेला महानगरले सो सूचना जारी गरेको हो ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित