Khabar Samachar

साउदी अरेबियमा रहेको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु

218
VIEWS

साउदी अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावासको नजिक एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै मारिनेमा एक जना सुरक्षा गार्ड र एक जना बन्दुकधारी रहेको उल्लेख गरेको छ ।

घटनामा कुनै पनि अमेरिकी नागरिकलाई क्षति नपुगेको जानकारी दिइएको छ । साउदी प्रेस एजेन्सीका अनुसार गोलाबारीमा अमेरिकाको वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो । मृतकको नाम भने खुलाइएको छैन ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डको पनि मृत्यु भएको अलजजिराले जनाएको छ ।

कारमा आएका एक व्यक्ति अमेरिकी वाणिज्य दूतावास अगाडी बन्दुक लिएर आएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित