Khabar Samachar

Search
Close this search box.

साउदी अरेबियमा रहेको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु

229
VIEWS

साउदी अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावासको नजिक एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै मारिनेमा एक जना सुरक्षा गार्ड र एक जना बन्दुकधारी रहेको उल्लेख गरेको छ ।

घटनामा कुनै पनि अमेरिकी नागरिकलाई क्षति नपुगेको जानकारी दिइएको छ । साउदी प्रेस एजेन्सीका अनुसार गोलाबारीमा अमेरिकाको वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो । मृतकको नाम भने खुलाइएको छैन ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डको पनि मृत्यु भएको अलजजिराले जनाएको छ ।

कारमा आएका एक व्यक्ति अमेरिकी वाणिज्य दूतावास अगाडी बन्दुक लिएर आएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित