कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।शुक्रबार संसदबाट विश्वासको मत लिने क्रममा कुल ९३ मतमध्ये ८९ जनाको उपस्थितमा ४६ मत पाएका कार्कीले विश्वासको मत नपाएका हुन्। उनको विपक्षमा ४३ मत खसेको थियो भने दिन्न भन्नेको संख्या शून्य रहेको थियो।संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्राप्त दलको नेताको हैसियतमा कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
Discussion about this post