Khabar Samachar

Search
Close this search box.

ललिता निवास भित्रका अस्थायी संरचना हटाउन महानगरले दियो २४ घन्टे अल्टिमेटम

214
VIEWS

काठमाडौं महानगरपालिकाले ललिता निवास भित्रका अस्थायी संरचना हटाउन अल्टिमेटम दिएको छ।

ललिता निवासभित्र भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए।

‘आज महानगर प्रहरीको टोली त्यहाँ गएको थियो। त्यहाँ भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिइएको छ’, उनले भने।

आइतबार दिउँसो ललिता निवासको जग्गामा घेराबार गर्न महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली पुगेको थियो।

सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ।

महानगर प्रहरीको टोलीले अहिले घेराबारको काम गरिरहेको छ।

केही दिनअघि  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की अहिले प्रहरी हिरासतमा छन्।

ब्युरोले अनुसन्धान गरिरहेको बेलामा महानगरले जग्गा संरक्षण गर्ने भन्दै घेराबार लगाउन लागेको हो।

ललिता निवासभित्र नर्सरी, काठका सामानहरू, अस्थायी टहरा लगायत संरचनाहरू छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित