Khabar Samachar

छात्रवृत्ति परीक्षाका लागि काठमाडौँ महानगरले माग्यो अनलाइन आवेदन

209
VIEWS

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम खुलाएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुलाएको हो ।

महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न महानगले आफै परीक्षा लिँदैछ ।

छात्रवृत्तिका लागि बिहीबारदेखि साउन १२ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ । आवेदन महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम भर्न सकिने छ । छात्रवृत्तिका लागि परीक्षा साउन २० गते हुने महानगरको शिक्षा शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित