Khabar Samachar

विद्यालय व्यवस्थापन समिति भंग गर्ने काठमाडौँ महानगरको निर्णयको विरोध

220
VIEWS

काठमाडौँ महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति भंग गरेकोप्रति विरोध सुरु भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले अभिभावकहरुको प्रत्यक्ष सहभागितामा विद्यालय व्यवस्था समिति चयन हुनुपर्ने भन्दै महानगरको निर्णयको विरोध गरेको हो ।३० असारको नगरसभाले सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरी वडाध्यक्षलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त निर्णयप्रति विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन् । सोमबार महानगरका सबै ७९ सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको बैठकले महानगरले विद्यालय व्यवस्थापन र सञ्चालनमा ठाडो हस्तक्षेप गरेको निश्कर्ष निकालेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मुक्तानले सामुदायिक विद्यालय समुदायको हातबाट खोसेर राजनीतिक हस्तक्षेप बढाउन खोज्नु स्वीकार्य नहुने बताए । यो निर्णय तत्काल सच्याएर अभिभावक मार्फत विव्यस गठनको प्रबन्ध गर्नुपर्ने उनले बताए । ‘महानगरले निर्णय सच्याएर अभिभावक नै अध्यक्ष हुने व्यवस्था गर्नुपर्छ । अभिभावकलाई नेतृत्व र सहभागिताको अधिकारबाट बञ्चित गर्न खोज्नु मान्य हुँदैन’ मुक्तानले भने ।

बुद्धनगर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल तन्डुकारले महानगरले सामुदायिक विद्यालय समुदायको हातबाट खोसेको बताए । ‘सामुदायिक विद्यालय समुदायको हातबाट खोस्न खोजिँदैछ र अहिलेको यो निर्णय एकदमै अव्यवहारिक पनि हो’ उनले भने ।

वडा नं १० का वडाध्यक्ष बैठकमा सहभागी नहुने तर माइन्यूट मागेर निर्णय भइसकेको कुरा पनि नमानेर असहयोग गर्ने गरेको तण्डुकारले बताए ।

कोटेश्वर सरस्वती माविकी अध्यक्ष सीता कँडेलले महानगरपालिकाले अभिभावक र विद्यालयलाई अलग गर्न खोजिएको बताइन् । ‘अभिभावकलाई अध्यक्ष बन्न नदिनु भनेको अभिभावक र विद्यालयबीचको सम्बन्ध छुटाउने नियत हो । अभिभावक र विद्यालयबीचको सम्बन्ध छुटाउँदा प्रत्यक्ष शिक्षामा पर्छ त्यसैले यो निर्णय फिर्ता हुनुपर्छ’ उनले भनिन् ।

विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले महानगरको निर्णय प्रतिगामी भएको बताए । यो निर्णय विद्यार्थी, अभिभावक तथा विद्यालयको लागि सकारात्मक नभएकाले फिर्ता लिन दबाब दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित