Khabar Samachar

नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तह निर्वाचनमा तालमेल हुने

212
VIEWS

नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तह निर्वाचनमा तालमेल हुने भएको छ।

देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउनेलगायत पाँच बुँदे सहमति भएको हो।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर भएको हो।

एकनाथ ढकाल अध्यक्ष रहेको परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँमा एमालेलाई सघाउने भएको छ। साथै परिवार दलका उम्मेदवारलाई एमालेले सहयोग गर्ने भएको छ।

एमाले र परिवार दलका जिल्ला कमिटीले आपसमा छलफल गरेर तालमेलका सम्बन्धमा निर्णय लिने पनि सहमति भएको छ।

परिवार दलले सूर्य चिन्ह लिएर चुनाव उठ्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित