लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनमा मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले आज मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् ।कुलप्रसाद केसी मुख्यमन्त्री बनेको ६० औं दिनमा छ मन्त्री र चार राज्यमन्त्री थपिएका हुन् । यससँगै लुम्बिनीको मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ । जसमा १३ मन्त्री र ४ राज्यमन्त्री रहेका छन् ।

आइतबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री थपिएपछि मन्त्रिपरिषदले पूर्णता पाएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री- वीरबहादुर राना (पाल्पा)

वन वातावरण तथा भूसंरक्षण मन्त्री- सुरेन्द्र हमाल (बाँके)

शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री- वसिउद्दिन खाँ (रुपन्देही)

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री-अर्जुनकुमार श्रेष्ठ

पर्यटन राज्यमन्त्री-रिना नेपाल विक

माओवादी केन्द्रबाट

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री – इन्द्रजित थारु (दाङ)

आन्तरिक मामिला तथा सञ्चारमन्त्री- तिलकराम शर्मा (बर्दिया)

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री- विमला खत्री वली (दाङ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय