Skip to main content

Khabar Samachar

Search
Close this search box.

जुवाको खेलेको आरोपमा कौशलटारबाट १३ जना पक्राउ

258
VIEWS

जुवा खेलेको आरोपमा भक्तपुरको कौशलटारबाट १३ जना पक्राउ परेका छन्।

मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित ओम होटलबाट शनिबार १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रभु खड्काले सञ्चालन गरेको उक्त होटलमा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले १३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूबाट प्रहरीले ४ लाख १७ हजार ४२५ रुपैयाँ र १० बुक तास बरामद गरेको छ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित