Skip to main content

Khabar Samachar

Search
Close this search box.

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि पोखरामा हुने

201
VIEWS

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष जेठमा गण्डकी प्रदेशमा आयोजना हुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिएका छन् ।

हरेक दुई वर्षमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २०७७ सालमै आयोजना हुनुपर्ने थियो । कोरोना महामारीका कारण एक वर्षका लागि सारिएको प्रतियोगिता २०७८ मा पनि हुन सकेन ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी नेतृत्वको विवाद सर्वोच्च अदालतसम्म पुग्दा तोकिएको समयमा प्रतियोगिता हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित