Khabar Samachar

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि पोखरामा हुने

201
VIEWS

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष जेठमा गण्डकी प्रदेशमा आयोजना हुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिएका छन् ।

हरेक दुई वर्षमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २०७७ सालमै आयोजना हुनुपर्ने थियो । कोरोना महामारीका कारण एक वर्षका लागि सारिएको प्रतियोगिता २०७८ मा पनि हुन सकेन ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी नेतृत्वको विवाद सर्वोच्च अदालतसम्म पुग्दा तोकिएको समयमा प्रतियोगिता हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित