Khabar Samachar

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

206
VIEWS

सरकारले नाफामूलक निजी विद्यालय स्थापनामा रोक लगाउने व्यवस्था सहितको शिक्षा विधेयक ल्याउने तयारी गरेपछि निजी विद्यालय सञ्चालकहरू विरोधमा उत्रिएका छन् । निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एनब्याब्सन र हिसानले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरुले यसअघि नै विद्यालय बन्दसम्मको घोषणा गरिसकेका छन् । हाल सञ्चालनमा रहेका निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीबाट मात्र सञ्चालन गर्ने विधेयकको प्रस्ताव छ ।

मन्त्रिपरिषद्‌बाट गत साता पारित ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०’ संसद्‌बाट हुबहु पारित भए हाल सञ्चालनमा रहेका करिब ८ हजार निजी विद्यालयलाई पाँच वर्षभित्रमा शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्नेछ ।

विधेयकमा ‘शैक्षिक गुठी भन्नाले कुनै पनि व्यक्तिले नाफा नलिने गरी विद्यालय सञ्चालन गर्ने उद्देश्यले स्थापना गरेको सार्वजनिक वा निजी गुठी सम्झनुपर्छ’ भनिएको छ ।

निजी सञ्चालकहरुले विधेयकको उक्त प्रावधान संशोधन हुनुपर्ने माग अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित