Khabar Samachar

त्रिकोणात्मक टी-२० श्रृंखलाको विजेता खेलाडीलाई जनही २ लाख पुरस्कार दिने घोषणा

201
VIEWS

नेपाल, पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० श्रृङ्खलाको विजेता नेपाली टिमका खेलाडीलाई सरकारले नगद पुरस्कार दिने भएको छ ।

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको श्रृखंलाको उपाधि जितेको नेपाली टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । अब श्रृंखला खेलेका १६ खेलाडीले २-२ लाख पाउनेछन् ।नेपालले श्रृंखलामा अपराजित रहँदै उपाधि जित्ने क्रममा ५ वटै खेल जितेको थियो । यस्तै मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई नगद १ लाख ५० हजार र अन्य अफिसियललाई जनही १ लाख रुपैयाँ प्रदान गरिने भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित