Khabar Samachar

Search
Close this search box.

नेपाल-भारतबीचको क्रिकेट हेर्न मेयर बालेन शाह श्रीलंका जाने

205
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन‍्।

उनी एसिया कप क्रिकेटअन्तर्गत नेपाल–भारतको खेल हेर्न श्रीलंका जान लागेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।

‘उहाँ आज अपराह्न ४ बजे श्रीलंका जाँदै हुनुहुन्छ,’ प्रवक्ता मानन्धरले भने।

सोमबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नेपाल–भारतबीच खेल हुँदैछ। मेयर बालेन शाह हिमालयन एयरलाइन्समार्फत् श्रीलंका जाँदै छन्।

नेपालले यसअघि पाकिस्तानसँग खेलेको थियो।

नेपाल–भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित