Khabar Samachar

प्राथमिक तहको शिक्षक हुन स्नातक तह, माध्यमिकका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने

201
VIEWS

विद्यालय स्तरमा कक्षा १ देखि ५ सम्म प्राथमिक तहको शिक्षक हुनका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा शिक्षक पदमा नियुक्तिका कक्षा एकदेखि पाँचसम्म जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्तै कक्षा ६ देखि ८ कक्षाका पढाउनका लागि सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने, अध्यापन अनुमतिपत्र प्राप्त गरेको र एक्काइस वर्ष उमेर पूरा भई पैँतिस वर्ष पूरा नभएको व्यक्ति हुनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधेयकमा भनिएको छ–‘शिक्षकको योग्यता शैक्षिक गुणस्तरसँग जोडिएको र सक्षम शिक्षक आवश्यक भएकोले न्यूनतम स्नातक योग्यता भएको व्यक्ति शिक्षक हुने व्यवस्था गरिएको छ । त्यस्तै उमेरको हकमा अधिकतम उमेर महिलाको लागि चालिस, अपाङ्गमात्र प्रतिस्पर्धा गर्नेको हकमा चालिस तथा माध्यमिक द्वितीय श्रेणीको खुला तर्फको लागि पैँतालीस वर्षसम्म उम्मेदवार हुन सक्ने व्यवस्था यस दफामा गरिएको छ ।’

सो प्रावधानबाट योग्य र क्षमतावान् व्यक्ति शिक्षक हुन सक्ने, विशेष शिक्षा तर्फ विशेष व्यवस्था गर्नु पर्ने र समय समयमा यसमा परिमार्जन समेत गर्नु पर्ने भएकोले नियमावलीमा व्यवस्था भए बमोजिम हुने गरी व्यवस्था गरिएको विधेयकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित