Khabar Samachar

समाजसेवा र म

226
VIEWS

शिशिर राज पाण्डे । समाजसेवा भनेको के हो ?  साधारण अर्थमा भन्ने हो भने निस्वार्थ रुपमा समाजको हितमा गरिने काम हो । समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो । समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ । यसले खाँचोमा परेका र पिडितहरूलाई मद्दत गर्ने जनाउँछ । यो स्वैच्छिक सेवा हो । समाजसेवाले गर्दा समाजको र देशको विकास हुन्छ । समाजसेवा गरे पछि मानिसले जनताबाट बदलामा केही आशा गर्दैनन् । यो सेवा मानवीय विचारमा र कुनै लाभको उद्देश्य बिना प्रदान गरिन्छ । व्यक्तिगत स्वार्थभन्दा समाजको हित महत्वपूर्ण हुनेहरू मात्र समाजसेवामा अगाडि आउनु पर्दछ जसले गर्दा समाजको र देशको विकास हुन्छ ।समाजसेवानिःस्वार्थरुपमा जीवनलाई समाजसेवामा समर्पित गर्नु जीवनको अर्को परिभाषा हुनसक्छ । प्रसिद्धिको आशाले, नामको आशाले र आर्थिक लाभको आशाले समाजसेवामा लाग्ने भित्री इरादा समयक्रममा समाजसामु उदाङ्गो हुन्छ । मानिसले बुझ्छन् समाजसेवामा कोही किन लागिरहेको छ– आत्मैदेखि वा व्यक्तिगत प्रसिद्धि वा आर्थिक प्राप्तिका निम्ति । समाजसेवाको आडमा राजनीतिक अभिष्ट पूरा गर्नेको पनि कमी छैन । समाजसेवालाई हृदयको गहिराइदेखि नै आत्मसात गरी जीवनका दर्जनौं बसन्त पार गरिसकेपछि पनि युवा ताजगी र ऊर्जाका साथ क्रियाशील हुन्छन् । सामाजिक भावना नभएका र पारिवारिक दायित्वबोध नभएका उमेरले तन्नेरीहरु पनि निराशाको दल–दलमा फँसिरहेको हामी देख्छौं । मानवहरुको एकआपसमा सम्बन्ध बनाउने एकआपसमा सहयोग गर्ने भाइचाराको आदर्शमा आधारित छ । संकटमा परेका मानिसहरूलाई सहयोग गर्नु नै समाज सेवा हो । यो एक महान कार्य हो । यसका लागि समय र शक्ति खर्च गर्नुपर्छ । आजकल मानिसलाई आफ्नो कल्याणको मात्र चिन्ता छ

मानिसहरू समाजमा बस्छन् र अरूको सहयोग चाहिन्छ । बदलामा समाज सेवा गर्नु कर्तव्य हो । यदि मानिसहरूले अरूको सेवा गर्छन् भने, अरूले तिनीहरूको सेवा गर्नेछन् । समाजसेवालाई सबै धर्मले प्रशंसा गरेका छन् । असल मानिसले समाजसेवा गर्छ भने नराम्रा मानिसले त्यसलाई त्याग्छन् । समाज सेवा समाज सुधार र विकासको उत्कृष्ट माध्यम हो ।

समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ । हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ किनकि त्यहाँ केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरू छन् । हामी आफ्नो क्षमताको आधारमा धेरै तरिकामा मद्दत गर्न सकिन्छ । समाज सेवाले गर्दा गरिब वा असक्त व्यक्तिहरुको आवश्यक्ता पूरा हुन्छ । यसले गर्दा समाज र देशको विकास पनि हुन्छ । समाज सेवाले गर्दा केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरूलाई बास, गास र कपासको व्यवस्था हुन्छ ।

सम्भव भएसम्म, सेवाहरूलाई व्यक्तिगत वा पारिवारिक स्वतन्त्रतामा हुने खतराहरू रोक्नको लागि पनि निर्देशित गरिन्छ । सामाजिक सेवाहरूले सामान्यतया परिवारहरूलाई तिनीहरूको स्थानीय समुदायहरूमा सँगै राख्न, नातेदार सम्बन्ध कमजोर हुँदा साथीहरू वा छिमेकीहरूबाट सहयोग मिलाउनमा उच्च मूल्य राख्दछ ।

समाज सेवा गर्नेहरूले समाजका सबैभन्दा दुखी , गरिव, असहाय, कमजोर र सीमान्तकृत व्यक्तिहरूको सहयोगका लागि काम गर्छन् । उनीहरूको अधिकारको प्रवर्द्धन गर्न, असमानताहरू हटाउन मद्धत गर्दछन । उनीहरुका जीवनमा रहेका चुनौती हटाएर गुणस्तरमा सुधार गर्न समाजसेवा गर्नेहरुले काम गर्दछन । यी कामहरूले सामाजिक कार्यकर्ताहरूलाई नैतिक रूपमा अगाडि बढन मद्दत गर्दछ ।

कहिलेकाहीँ भूकम्प, बाढी, पहिरो, आगालागी, हावाहुरी लगायतका आकस्मिक विपद् आइपर्दा मानिसलाई एक अर्काको सहयोग चाहिन्छ । यस्तो बेला सहयोग लिन र दिन अति आवश्यक हुन्छ । यस्तो बेला सहयोग भएन भने यसका कारण धेरै मानिसहरु बेघर हुन सक्दछन । गरिव हुनेमात्र होइन , ज्यान जाने खतरा पनि हुन सक्दछ । समाजमा हुनेयस्ता समस्यामा हातदिने काम हामीले गर्नु पर्दछ । यसका कारण नेपालमा समाजसेवा अति आवश्यक रहेको छ । उनीहरु यति लोभी हुन्छन् कि समाजबाट उनीहरु लिन मात्रै जान्दछन्, आफ्नो तर्फबाट समाजका लागि केही दिन चाहँदैनन् । तर, समाजलाई केही दिन उत्कट चाहना भएका विशाल हृदय भएका मानिसहरुबाटै समाजले गति लिने हो । सामाजिक भावना भएका व्यक्तिहरुले महानतम् जिम्मेवारी र विशाल जोखिमहरुले भरिएका कर्तव्यहरु आफ्नो काँधमा लिई फत्ते गर्छन् । आफ्ना कर्तव्यहरु पालना गर्नुलाई नै उनीहरु परम् सन्तोष प्राप्तिको बाटोको रुपमा लिन्छन्, अन्य केही पुरस्कारका आशा गर्दैनन् ।समाज सेवी फलाना र ढिस्काना भन्दै कार्यक्रम सञ्चालकले सम्मान गरेको देखका छौ । वास्तवमा के तिनीहरू सबै समाजसेवीको दायरामा पर्दछन् या समाजसेवीको बिल्ला राख्नको लागि साँच्चिकै हुन् त समाज सेवा भनेको परोपकार हो । परापूर्व कालदेखि नै समाज सेवाको थालनी इतिहासले देखाएको छ । ब्रह्माण्डभर समाज सेवाका प्रशस्त संघ तथा संस्थाहरू उम्रेका छन् ,समाज सेवी पनि त्यतिकै विश्वमा प्रख्यात समाजसेवीको सुची पनि छ तर यिनीहरू विश्वभरि नाम कमाएका छन् । तन, मन र धनले समाजप्रति भिजेका छन् र यिनीहरू राष्ट्रका विभूति कहलिन्छन् समाज सेवा मानवतासँग सम्बन्धित हुन्छ र मानवता प्रति देखाएको श्रद्धा नै समाज सेवा हुन् जान्छ । समाज सेवा र समाज सेवी सगरमाथा भन्दा पनि उच्च स्थानमा रहन्छन् समाज सेवाको भित्र स्वार्थ लुकेको हुनु हुँदैन र समाज सेवीको हृदय नाङ्लो जत्रो हुनु पर्छ ।

अहिले समाजमा रहेका पाका मानिसलेमात्र समाजसेवा गर्नु पर्दछ भन्ने छैन । साना उमेरका विद्यार्थीहरुका साथै सबै उमेर समुहका मानिसहरुले पनि आफनो क्षमता अनुसार समाजसेवा गर्न सिक्नुपर्छ । आपलनो घर वरपरको सरसफाई गर्न, आपतमा साथ दिन सबैले सक्नु पर्दछ । सबै मानिसहरूले आफनो घर अगाडिको सडक सफा गर्ने, आगो, डढेलो निभाउने, घाइतेहरूलाई प्राथमिक उपचार गर्ने, भीडभाड हुने ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने, बालबालिकालाई र बुढापाकालाई सडक पार गर्न मद्दत गर्ने अति आवश्यक काम गर्न सकेमा समाज सेवाको काम घरबाटै सुरु हुन्छ र यसबाट अरुलाई पनि सिर्का बन्न सकद्यछ । हामीले सामान्य कार्य वा सेवाहरूमात्र गर्न सकेमामात्र समाजसेवाको बाटो सजिलो बन्ने छ । त्यसैले हामी सबैले आफुले गर्न सक्ने काम आफै गर्ने गर्नु पर्दछ । यसले सामाजिक सेवाको लागि ठूलो अवसर प्रदान गर्दछ र पढेका कुरालाई दैनिक जीवनमा प्रोग गर्न सघाउँदछ । समाजमा रहेका हरेक पक्षलाई समन्वयमा ल्याई व्यक्तिले आफ्नो कर्तव्यप्रति लगाब लगाउनका लागि मैले मेरो जीवनलाई समाज सेवामा लगाउने निर्णय गरेको छु । समाजभित्र रहेका समस्या र तिनको समाधानमा खेल्नु पर्ने भूमिका निर्वाह गर्न, समाजमा मेलमिलाप कायम गरी कार्य गर्न अनि व्यक्ति सामाजिक रहन सहनमा घुलमिल बनाउने इच्छा भएकाले मेरो जीवनलाई समाजसेवामा समपर्ण गर्ने इच्छा बनाएको छु । समाजभित्र सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, शारीकि, मानसिक, नैतिक, शैक्षिक आदि समस्या हुन्छन् । समाजका यस्ता समस्याहरूलाई पूरा गर्नका लागि विविध पेसामा आवद्ध व्यक्तिलाई सक्रिय बनाएर समाज सेवामा लाग्न प्रेरितः गरी त्यसमा अगाडि वढाउने लक्ष्य लिएको छु ।

हाम्रो समाज आजसम्म पनि विकसित र उन्नतशति बन्न सकेको छैन । बाटोघाटो, यातायात, शिक्षा, स्वास्थ्य आदिमा अभाव रहेको छ। अन्धविश्वास र चेतनाबाट अभी समाज माथि उठ्न सकेको छैन । समाजभित्र रहेका अन्धविश्वास र चेतनाको अभावले ज पनि ग्रामीण जनताले मुक्ति पाउन सकेका छैनन् । यसको मुक्तिका लागि म एक सच्चा समाजसेवक बन्न चाहन्छु । समाजमा रहेका भिन्नता, उचनिच व्यबहार लगायत धेरै विषयमा ज्ञान आर्जन गर्न सकेका छैनन् । यस्ता यावत व्यक्तिहरूलाई सामाजिक कार्यमा लाग्न आफू सक्रिय भई उत्प्रेरित गर्दछु । विविध पेसामा संलग्न व्यक्तिहरू समाजसेवालाई आफ्नो जीवन बनाएर अमर बनेका छन् । फ्लोरेन्स नाइटिङ्गेलको नर्सबाट गरेको सेवा होस् या दयावीर सिंह कसाकारको यी समाजसेवामा समर्पित व्यक्ति हुन् त्यसैले म पनि एक निस्वार्थी व्यक्तिका रूपमा समाजसेवामा लागि सहयोग र सद्भाव कायम गर्ने लक्ष्य बोकेको छु। स्वार्थी कुरालाई टाढा राखेर रोग, भोग, अन्याय, अत्याचार, विकृति, विसद्गति हटाउनका समाजसेवा गर्ने लक्ष्य मैले राखेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित