Khabar Samachar

एसियन कपमा छनोट हुने नेपालको तयारी पुगेको छैन : प्रशिक्षक अब्दुल्लाह अलमुताइरी

206
VIEWS

नेपाली राष्ट्रिय फुटबल टिमले जेठ अन्तिम साता हुने एएफसी एसियन कपअन्तर्गत तेस्रो चरणको छनोटका लागि तयारी सुरू गरेको छ।

शुक्रबार दशरथ रंगशालामा पहिलो दिनको अभ्यास सकिएपछि  नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अघिपछि जस्तो उत्साहित देखिएनन्।नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई एएफसी एसियन कपमा छनोट हुन गाह्रो रहेको बताएका छन साथै तयारि नपुगेको जानकारी दिए । 

सुरूमा उनले एक महिना नेपालमा तयारी गर्ने बताए। त्यसपछि दोस्रो चरणको तयारीका लागि कतार जाने अलमुताइरीको भनाइ छ।

कतारमा अभ्यास गर्दा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तीन देशसँग कुरा गरिरहेको छ। यमन, बहराइन र अफगानिस्तानसँग मैत्रीपूर्ण खेलका लागि कुरा भइरहेको अब्दुल्लाहले बताए। तर अहिले पक्का भने भइसकेको छैन।

म वास्तविकता भन्न चाहन्छु, नेपालको एसियन कपमा छनोट हुने कुनै सम्भावना छैन,’ अलमुताइरीले भने, ‘छनोट हुन्छौं भनेर खेलाडीलाई अहिलेदेखि नै दबाबमा राख्न चाहन्न।’

नेपालको समूहका रहेका जोर्डनको एसियाकै फुटबल शक्ति भएको उनले बताए। कुवेतलाई घरेलु मैदानको फाइदा हुने तथा इन्डोनेसियाको पनि स्तर बढ्दै गएको उनको भनाइ छ।

‘इन्डोनेसियाको टिममा युरोपबाट खेल्ने १६ खेलाडी छन्,’ उनले भने,’हाम्रो टिममा जम्मा दुई जना मात्र व्यवसायीक खेल खेलिरहेका खेलाडी छन्।’

नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बू माल्दिभ्सबाट तथा डिफेन्डर रोहित चन्द इन्डोनेसियाको क्लबबाट व्यवसायीयक खेल खेलिरहेका छन्।

नेपालले मैदानमा राम्रो फुटबल खेल्ने उनले बताए। ‘छनोट हुन नसक्ने एउटा वास्तावकिता हो। तर हामी हिम्मत हार्दैनौं। मैदानमा डटेर खेल्छौं,’ उनले भने।

नेपाली फुटबलको स्तरोन्नती नहुनुको कारण तल्लो स्तरदेखि फुटबलको विकास हुन नसक्दा भएको बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले काम गर्न थालेको ५० वर्ष पुग्दा पनि ग्रासरुट स्तरमा फुटबल विकास हुनु नसक्नु दु:खद् भएको उनको भनाइ थियो।

‘नेपालमा ५० वटा एकेडेमी हुनुपर्ने हो। प्रत्येक शहरमा एकेडेमी हुनुपर्छ। तर अहिले पाँच-छ वटा मात्र छन्। यसरी फुटबलको स्तर बढ्दैन,’  उनले भने, ‘४५ खेलाडीबाट राष्ट्रिय टिमको छनोट गर्नुपर्छ। म चाहन्छु २ सय जना खेलाडीबाट राष्ट्रिय टिम छनोट गर्न सकौं।’

नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

त्यसपछि नेपाल छनोट खेल्न कुवेत जानेछ। छनोटमा नेपाल कठिन समूहमा छ।  समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।

कुवेतमा हुने प्रतियोगिताबाट नेपाल आगामी वर्ष चीनमा हुने एसियन कपमा छनोटमा हुने कुनै सम्भावना नहरेको अलमुताइरीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित