Khabar Samachar

राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने गरी विधेयक संशोधन गरिने

201
VIEWS

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शतप्रतिशत राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने भनी संशोधन गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत राहत शिक्षकहरुबीच आज भएको सहमति अनुसार शतप्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराइने भएको हो ।

यसअघि विधेयकमा ५० प्रतिशतलाई आन्तरिक र ५० प्रतिशतलाई खुला प्रतिस्पर्धाबाट स्थायी गराउने भन्ने उल्लेख थियो । अब देशभर रहेका ४० हजार राहत शिक्षकहरुले नै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने गरी विधेयकमा संशोधन गरिने भएको हो ।

यसअघि गत असोज ५ गते सरकार र नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने भन्ने उल्लेख थियो । तर, राहत शिक्षकहरुले सत प्रतिशत नै आन्तरिक गर्नुपर्ने भन्दै सडक छोडेका थिएनन् । आन्दोलन गर्दै आएको १० औँ दिनमा सरकारले नेपाल राहत शिक्षकहरुले अघि सारेका सबै माग सम्बोधन गर्न विधेयक संशोधन गर्ने गरी सहमति गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित