Khabar Samachar

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

208
VIEWS

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ मतमा रोकिए ।

प्रदेश अध्यक्षमा विजयी भएसँगै खतिवडाले मोरङको पाँचौ जिल्ला अधिवेशनमा हारेको बदला लिएका छन् । सो अधिवेशनमा ढकालले खतिवडालाई हराएका थिए । यसपछि उनीहरूबीचमा प्रतिस्पर्धा भएको थिएन ।

खतिवडा मदन भण्डारीसङ काम गरेका नेता भए पनि एमालेको प्रमुख नेतृत्वमा आएका थिएनन् । मोरङको साविक लेटाङ गाविसको अध्यक्ष भएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । उनले कांग्रेसका डिकबहादुर लिम्बूलाई पराजित गरेका थिए ।

२०७९ को निर्वाचनमा भने उनी लिम्बूसँगै पराजित भएका थिए ।

एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो ।

प्रदेश सचिवमा राजकुमार भण्डारी र उपसचिवमा जलवर्षा राजवंशी साथै देवान राई विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित