Khabar Samachar

गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालगन्जमा

216
VIEWS

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा निकायका प्रमुखहरूलाई लिएर मधेश प्रदेश पुगेका छन् ।

गृहमन्त्री श्रेष्ठले मधेश प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे ८ वटै जिल्लाका सीडीओ र सबै सुरक्षा निकायका जिल्ला र प्रदेश प्रमुखहरूसँग रिपोर्टिङ लिइरहेका छन् । महोत्तरीको बर्दिबासमा जारी अन्तरक्रियात्मक बैठकमा श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनेछन् ।

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानून र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा वाधाव्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक सञ्जालमा आउने कतिपय सामग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या जानकारी गराएका छन् ।

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने उनीहरूको भनाइ थियो । प्रशासनले सबै गैरकानूनी गतिविधिलाई प्रत्यक्ष र सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई चुस्त राखिएको समेत उनीहरूले जानकारी दिए ।

गृहमन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुखलगायतका व्यक्तित्वहरू समेत बैठकमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित